News Category 2072/04/07

नगरको मुख्य चौकहरुमा थप ३१ वटा सोलार जडान

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ६ साउन । 
राजविराज नगरपालिकामा अझ शान्ति सुरक्षा कायम गर्नका लागि नगरको विभिन्न स्थानमा सोलार जडान गरिएको छ । 
राजविराज नगरपालिकामा शान्ति सुरक्षा कायम गर्न राजविराज नगरपालिकाको विभिन्न सार्वजनिक तथा मुख्य सडकहरुमा ३१ वटा थप सोलार जडान गरेको छ । 
नगरको मुख्य मुख्य सडक तथा नगरको विभिन्न स्थानहरुमा सोलार जडान गरी नगरलाई झिलीमिली बनाएकोमा नगरबासीहरु खुशि भएका छन । सोलार जडान भएपछि बिद्युत नहुँदा पनि चौकहरुमा उज्यालो हुनेछ । सोलार जडान भएपछि अब नगरमा कुनै किसिमको लुटपाट तथा अपराधिक क्रियाकलापमा समेत कमि आउँने स्थानीयहरु बताउछन् । 
राजविराज नगरपालिकाले करिब ३० लाखको लागतमा नगरको मुख्य चौकहरु गजेन्द्र चौक, जनआन्दोलन चौकका साथै नगरको विभिन्न मुख्य सडक तथा बाटोघाटोमा समेत ३१ वटा सोलार जडान गरेको नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले जानकारी दिनुभयो । 
उहाँका अनुसार नगरको विभिन्न ३१ स्थानमा जडान गरिएको सोलार अटोकट रहेको जानकारी दिनहुँदै कार्यकारी अधिकृत गुरुङ्गले भन्नुभयो, “यो सोलार बेलुका हुने बितिकै आफै बल्ने र बिहान भएपछि आफै निभ्ने खालको रहेको छ ।” 
अघिल्लो वर्षमा राजविराज नगरपालिकाले नगरको विभिन्न २० स्थानमा सोलार जडान गरिएको थियो भने अगामी आर्थिक वर्षमा थप ५० वटा सोलार जडान गरी राजविराज नगरपालिकलाई प्लान सिटि झै झिलीमिली बनाउँनका लागि सोलार जडान गर्ने लक्ष्य रहेको अधिकृत गुरुङ्गले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट