News Category 2070/04/16

सप्तरीको बिभिन्न स्थानमा स्व. कर्माचार्यको श्रद्धाञ्जलीसभा

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, १५ साउन । 
नेपाली कम्युनिष्ट पार्टीका संस्थापक तथा एकिकृत नेकपा माओवादीका संरक्षक स्व.नरबहादुर कर्माचार्यको स्मृति दिवसमा जिल्लाको बिभिन्न गाविसमा श्रद्धाञ्जलीसभा आयोजना गरेको छ ।
सप्तरीको क्षेत्र ३ को छिन्नमस्ता गाविसमा मंगलवार आयोजित स्व. कर्माचार्यको श्रद्धाञ्जली सभामा बोल्नुहुँदै एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य प्रभु साहले नेपाली जनताको चाहना संबिधानसभाबाटै संबिधान निर्माण भएकोले यसलाई कसैले रोक्न नसक्ने बताउनुभयो । 
दलहरुबीच बार्ता र छलफल जारी रहेकोले असन्तुष्ट दलहरु प्नि निर्वाचनमा भाग लिने दाबी गर्नुहुँदै उहाँले काँग्रेस र एमालेको धोका दिने प्रबृतिका कारण अघिल्लो संबिधानसभा बिघटन भएको बताउनुभयो । अबको निर्वाचन माओवादीले दुई तिहाई बहुमत ल्याउने दाबी गर्नुभयो ।
सभामा एकिकृत नेकपा माओवादीका ३ नम्बर एरिया संयोजक भागवत यादव, मुस्लिम मुक्ति मोर्चाका मिथिला राज्य समिति संयोजक कलामुद्धिन खाँ लगायतले स्व. कर्माचार्यको योगदानका बिषयमा बोल्नुभययो । 
यस्तै एकिकृत नेकपा माओवादी सप्तरी क्षेत्र नम्बर २ क्षेत्रीय समितिको आयोजनामा डिमन गाविसमा पनि स्व. कर्माचार्यको श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । 
क्षेत्रीय संयोजक बसन्त बसन्त मण्डलको अध्यक्षतामा आयोजित श्रद्धाञ्जलीसभामा प्रमुख अतिथि एमाओवादीका केन्द्रीय सल्लाहकार समितिका सदस्य सत्यनारायण भगतले स्व. कर्माचार्यको निधनले पार्टीसँगै समग्र बामपन्थी आनदोलनलाई ठूलो नोक्सानी भएको बताउनुभयो । 
सभामा एमाओवादी मिथिला राज्य समिति सदस्यहरु राजेन्द्र प्रताप साह, बलबहादुर महतो, बिरेन्द्र यादव, बिशेश्वर यादव लगायतले बोल्नुभयो । 
त्यसैगरी एकिकृत नेकपा माओवादी क्षेत्र नम्बर ५ क्षेत्रीय समितिको आयोजनामा सप्तरीको कुशाहामा पनि स्व. कर्माचार्यको श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । 
कुशाहास्थित सहकारी भवनको प्राङगणमा आयोजित सभामा प्रमुख अतिथि वाईसिएलको मिथिला राज्य समिति संयोजक अरुण साहले स्व. कर्माचार्यको योगदान बारे चर्चा गर्नुभयो । सभामा अखिल नेपाल महिला संघ क्रान्तिकारीका मिथिला राज्य समिति संयोजक रुवी कर्ण, एमाओवादी क्षेत्र नम्बर ५ का सहसंयोजक हरिनारायण महतो लगायतले बोल्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट