News Category 2072/04/13

जिल्ला प्रशासनको १८ लाख भन्दा बढी रकम फ्रिज, ७ करोड बढीको राजश्व असुली

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १२ साउन । 
जिल्ला प्रशासन कार्यालय सप्तरीको १८ लाख ७ हजार ६ सय ३३ रुपैयाँ फ्रिज भएको छ । 
आर्थिक वर्ष २०७१÷०७२ को द्वन्द्वको क्रममा मृत्यु भएका तथा बेपत्ता भएका परिवारहरुको १६ लाख र स्थानीय शान्ति समितिको २ लाख ७ हजार ६ सय ३३ रुपैयाँ गरी सो रकम फ्रिज भएको प्रशासन कार्यालयले जनाएको छ । 
त्यस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीले आर्थिक वर्ष २०७१÷०७२ मा ७ करोड १३ लाख ४३ हजार ३ सय ९० रुपैयाँ विभिन्न शिर्षकमा राजस्व असुली गर्न सफल भएको छ । 
जसमा राहदानीबाट ७ करोड १ लाख १५ हजार, दण्ड जरिवाना वापत ५ लाख ५३ हजार २ सय ५७ रुपैयाँ, संस्था वापत ३ लाख २७ हजार ९ सय, हातहतियार वापत ९६ हजार ८ सय ६३ रुपैयाँ, बोलपत्र फारम विक्रि वापत २ हजार ४ सय, परीक्षा शुल्क वापत ३७ हजार २ सय, काठ लिलामी वापत २ लाख ९ हजार ७ सय ७० रुपैयाँ र १ हजार बेरुजु भएको लेखा शाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट