News Category 2072/04/15

प्रकाश मानवअधिकार पुरस्कारका लागि बैद्यनाथ झा चयन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १४ साउन । 
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २१ औं प्रकाश मानवअधिकार पुरस्कारबाट सप्तरीका बैद्यनाथ झालाई सम्मान गर्ने निर्णय गरेको छ । 
इन्सेकका कार्यसमिति सदस्य डा. पुष्पा कर्णको संयोजकत्वमा सदस्यद्वय कुन्दन अर्याल र टीकाराम भट्टराई सम्मिलित तीन सदस्यीय पुरस्कार सिफारिश समितिले मानवअधिकार अभियान र पत्रकारितामा क्रियाशील झालाई प्रकाश मानवअधिकार पुरस्कार २०७१ बाट सम्मानका लागि सिफारिश गरेको हो । 
यस अघि सप्तरीका स्व. रमानन्द प्रसाद सिंह यस पुरस्कारबाट सम्मानित हुनु भएको थियो ।
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यमा राजविराजमा साउन १६ गते आयोजना हुने समारोहमा झालाई सम्मान गरिने कार्यक्रम रहेको छ ।
इन्सेकका संस्थापक महासचिव अथक मानवअधिकार योद्धा स्व. प्रकाश काफ्लेको स्मृतिमा २०५१ सालमा स्थापित प्रकाश मानवअधिकार पुरस्कारबाट यसअघि २० जना सम्मानित भइसक्नु भएको छ । यस पुरस्कार स्वरूप सम्मानपत्रसहित ५० हजार रुपियाँ प्रदान गर्ने गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट