News Category 2072/04/19

पुरुषको शव पसल भित्र फेला

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १८ साउन । 
राजविराज वडा नं. १ स्थित खेलकुद कम्प्लेक्सको एक पसलमा सोमबार एक पुरुषको शव फेला परेको छ । 
उक्त शव राजविराज ४ घर भएका अन्दाजी २८ वर्षिय बसन्त साहको रहेको स्थानियहरुले बताएका छन् । विगत चार दिन देखि उनी बेपत्ता रहेको तथा आफ्नै पसलमा शव सडेगलेको अवस्थामा फेला परेको हो । 
सोमबार दिउँसो कुहिएको बस्तु सो क्षेत्रवरिपरि गन्हाएपछि स्थानीयबासीहरुले प्रहरीलाई खबर गरी उक्त पसलको ताल्चा फोडी साहको शव बाहिर निकालेको स्थानीय पसलेहरुले बताएका छन । 
मृतक साह के कुन कारणले आप्mनै सटरमा आत्महत्या गरेको खुल्न नसकेपनि उक्त घटनाको आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबिच मृतक साहको शव पोष्टमार्टमसका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट