News Category 2072/04/21

पुनितालाई कुटपिट गर्दै मारेको आरोप

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २० साउन । 
सप्तरीको सकरपुरा गाविस ५ की पुनिता खंगको हत्या गरिएको आरोप लगाइएको छ । बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा पुनिताका पिता भारदह गाविस ९ निवासी लक्ष्मण मण्डल र आमा सरस्वतिदेवी मण्डलले सो आरोप लगाएका हुन् । 
गत साउन १३ गते आफ्नै घरमा घाइते भएपछि उनलाई उपचारका लागि सगरमाथा अंचल अस्पताल राजविराज ल्याइएको थियो । तर, त्यहा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धरान रेफर गरिएको थियो । तर, उपचारका लागि लगिदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । 
तर, सो घटनालाई प्रहरीले पुनिताले झुण्डिएर आत्महत्या गरेको जानकारी दिएको छ । आयोजित पत्रकार सम्मेलन गर्दै पुनिताका पिता लक्ष्मण मण्डलले छोरी झुण्डिएर मरेका होइन् भन्दै उनलाई उनकै देवर पर्शुराम र हजूरआमा सासू पनियादेवीले कुटपिट गर्दै मारेका आरोप लगाउनुभयो ।
दुई छोराकी आमा पुनिताका पति बलराम एक बर्ष अगाडि वैदेशिक रोजगारीका लगि कतार गएकै समयदेखि देवर र हजुरआमा सासूका साथै सासू र ससूराले पनि कुटपिट गर्दै आएको पुनिताकी आमा सरस्वतीले बताइन् ।
छोरीको हत्या भएको दावी गर्दै उहाँले छोरीका देवर तथा हजुरआमा सासूबिरुद्व इलाका प्रहरी कार्यालय हनुमाननगर र जिल्ला प्रहरी कार्यालय राजविराजमा आएर किटानी जाहेरी दिँदा प्रहरीले दर्ता गर्न नमानेको भनाई छ ।
यसैबीच पत्नीको मृत्यु भएको खबर सुनेर कतारबाट तीन दिन अगाडि आएका पुनिताका पति बलराम भने घरमा पागलजस्तै गर्न थालेको स्थानीयहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट