News Category 2072/04/22

दुई हजार भन्दा बढी पशु चौपायाहरुलाई भ्याक्सिनेसन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २१ साउन । 
प्रकोप पूर्व तयारी हामी सबैको जिम्मेवारी भन्ने मुल नाराका साथ सप्तरीको सकरपुरा गाविसमा पशु भ्याक्सिनेसन कार्यक्रमको आयोजना गरेको छ । 
अक्सफाँम नेपाल र कोशी पीडित समाजको सहयोग तथा कृष्ण कृषि सहकारी संस्था लि. सकरपुराको आयोजनामा बिहिबारदेखि शुरु सो भ्याक्सिनेसन कार्यक्रममा त्यहाँका १ देखि ९ वटै वडाका झण्डै २ हजार भन्दा बढी पशु चौपायाहरुलाई सो भ्याक्सिन लगाईने आयोजक संस्थाले जनाएको छ । 
बर्षायाममा पशु चौपायाहरुका लाग्ने विभिन्न महामारीबाट बच्नका लागि पूर्व तयारीका लागि सो भ्याक्सिनेसन कार्यक्रमको आयोजना गरेको आयोजक संस्थाका शिवनाथ यादवले जानकारी दिनुभयो । सकरपुरा गाविसका प्रत्येकको घर घरमा स्वास्थ्यकर्मीहरुको टोली पुगेर सो भ्याक्सिन लगाएको एलजिसिडिपीका सामाजिक परिचालक सुचिता कुमारी यादवले जानकारी दिनुभयो । 
संस्थाकी अध्यक्ष सुनिता देवी यादवको अध्यक्षतामा आयोजित सो कार्यक्रममा पशु सेवा केन्द्र कोईलाडी ख का प्रमुख मृगेन्द्र प्रसाद सिंह, भ्याक्सिनेटरद्धय प्रमोद कुमार साह, असर्फी ठाकुर, पत्रकार शुभ नारायण यादव, बिरेन्द्र कुमार मण्डल सहितकाहरुले उपस्थितिमा त्यहाँका पशु चौपायहरुलाई भ्याक्सिन लगाइएको आयोजक संस्थाले जनाएको छ । 
सो पशु भ्याक्सिनेसन कार्यक्रमको पहिलो दिनमा करिब ६ सय पशु चौपायाहरु भैसी,े स् पारा, पारी, गाई, गोरु, बाछा, बाछी सहितलाई सो सुई लगाईएको संस्थाकी अध्यक्ष यादवले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट