News Category 2072/04/24

२७ वर्ष अघिको अंशबण्डा अदालतले बदर गरेपछि ६५ परिवार बिचल्लिमा

दैनिक समाचारदाता

राजविराज÷करिब २७ वर्ष अघि एक परिवारमा गरिएको अंशबण्डा हालै खारेज भएपछि सप्तरीको भारदह गाविसका ६५ परिवार प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । 
२०४५ साल भदौं २१ गते अंशबण्डा भइसकेको जग्गा खरीद गरेर घर बनाएका ६५ परिवार अहिले आएर समस्यामा परेका हुन् ।
भारदह गाविस वडा नम्बर २ निवासी बुदुर मण्डलको मृत्युपछि उनका छोराहरु र श्रीमतिबीच भएको अंशबण्डा अहिले आएर सर्वोच्च अदालतले खारेज गरेपछि जग्गा खरीद गर्नेहरुलाई समस्या भएको हो । बुदुरको मृत्युपछि छोराहरु जगदीश, महेश, सत्यनारायण र गणेश राजको नाममा भएको जग्गा अंशबण्डा गर्न अदालतमा निवेदन दिएका थिए । र, सोही अनुसार अदालतले अंशबण्डा गरेको थियो ।
२०४५ सालमा भएको अंशबण्डा पश्चात आफ्नो चित्त नबुझेको भन्दै बुदुरकी पत्नी जंगलीदेवीले ९० दिनभित्रै जिल्ला अदालतमा अंशबण्डाबिरुद्व निवेदन दिएकी थिइन् । उनको निवेदनमा अदालतले अंशबण्डालाई सदर गरेको थियो । यस पश्चात जंगलीदेवीले पुनरावेदन अदालतमा पनि रिट दायर गरिन् । पुनरावेदन अदालतले भने जिल्ला अदालतको फैसला उल्टाउँदै चार दाजुभाईलाई एक÷एक भाग र बुदुर तथा जंगलीदेवीको नाममा एक÷एक भाग जग्गा छुट्टयाइदिन आदेश दियो । 
२०६२ साल बैशाख २९ गते भएको यो फैसलापछि आफूले व्यक्तिगत आर्जन गरेको जग्गा पनि बाँडफाँट गरिएको भन्दै बुदुरका छोरा गणेश राजले सर्वाेच्चमा रिट दायर गरेका थिए । त्यसपछि सर्वाेच्चले सप्तरी जिल्ला अदालतले गरेको फैसला सदर ग¥यो । २०६६ साल फागुन २६ गते सर्वाेच्चले यो फैसला सुनाउनुअघि चारै दाजुभाईले आ–आफ्नो नाममा रहेको जग्गामध्ये अधिकांस बिक्री गरिसकेका थिए । 
चार दाजुभाईमध्ये जगदीशले आफ्नो नाममा रहेको सम्पूर्ण जग्गा बिक्री गरिसकेपछि उनले २०७० साल पुस २० गते जिल्ला अदालतमा निवेदन दिदैँ यसअघिको फैसला बमोजिम अंश छुट्टयाइ पाउँ भन्दै मुद्दा दायर गरेका थिए । यसबीचमा उनका आमाबुवाको मृत्यु भइसकेको थियो । 
उक्त मुद्दामाजिल्ला अदालतले मूल कित्ताबाट ज–जसको नाममा गएको हो त्यो सम्पूर्ण बदर गरी ४ अंशको एक अंश जगदीलाई दिनुपर्ने फैसला सुनायो । २०७१ साल मंसिर ३ गते पुनरावेदन अदालतले यो फैसला सुनाएपछि जगदीशले चार भागको एक भाग जग्गाको लालपूर्जा समेत आफ्नो नाममा बनाए ।
जग्गा पाएकामध्ये जगदीशसहित चारै दाजुभाईले बिक्री गरिसकेका छन्, जो यसअघि २७ बर्ष पहिला पनि बिक्री गरिएको थियो । 
२०४५ सालदेखि २०६६ सालसम्म बिभिन्न व्यक्तिहरुले खरिद गरिसकेको जग्गा मुद्दामामिलाका कारण सदर बदर हुँदै पुनः पुनः मण्डल दाजुभाईको नाममा जाँदा उनीहरुले बेच्दै आएका छन् । पहिला जग्गा खरीद गरेकाहरु भने लालपूर्जा मात्र लिएर चित्त बुझाइरहेका छन् । प्रायः बुदुर मण्डलसँगै अधिकांसले जग्गा खरीद गरी कच्ची तथा पक्की घर बनाइसकेका छन् । घर बनाएर बर्षाैदेखि रहँदै आएपनि रकम तिरेको जग्गामा जग्गाधनीले समस्या पार्दा आफूहरु मानसिक रुपमा तनावमा परेको बर्षाैदेखि घर बनाएर रहँदै आएका कमानन्द लौगीले बताए ।  
शनिबार सप्तरीको भारदहस्थित विपी माविमा आयोजना गरेको पत्रकार सम्मेलनमा ६५ परिवारका सदस्यहरुले चार दाजुभाइृको मुद्दामामिलाका कारण आफूहरुको जग्गा अन्यौल अवस्थामा पुगेको बताए । आफुहरु समस्या परेको जानकारी दिएका छन् ।  
भारदहसहित पोर्ताहा, मधवापुर र ठेलिया गाविसमा रहेको मण्डल परिवारको जग्गा ६५ जनाले खरीद गरेका छन् । 
पत्रकार सम्मेलनमा रामेश्वर प्रसाद साहसहितकाले जिल्ला प्रशासन कार्यालयमा यसबारेमा निवेदन दिएको र सो निवेदन सुल्झाउनका लागि सक्कलै गाविस कार्यालयमा आएको भारदह गाविसका प्राविधिक सहायक महेन्द्र मुखियाले जानकारी गराए । यद्यपी यो निवेदनमा बारेमा छलफल गर्न बोलाउँदा जगदीश उपस्थित हुन नमानेको उनले बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट