News Category 2072/04/25

दुई फिटकी १८ वर्षिया सुनिताले नागरिकता लिइन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २४ साउन । 
सुन्दा आश्चर्य लाग्छ , तर कुरा वास्तविक हो, २ फिटकी बालिका जस्तो देखिने १८ वर्षिया सुनिता कुमारी साहले नागरिकता बनाएकी छिन ।
सप्तरीको बरही बिरपुर गाविस ६ लोखरम टोलका राजु साह सोनारकी छोरी सुनिता कुमारी साहले आईतबार जिल्ला प्रशासन कार्यालयमा अठार वर्षको उमेरमा नागरिकता पाएकी हुन ।
बाहिरबाट अचानक देख्दा बालिका जस्तो लाग्ने होचो सुनिताले अठार वर्षको उमेरमा आईतबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा नागरिकता पाएपछि खुशि भएकी छिन । 
अन्दाजी दुई फिटकी सुनिता जन्मैदेखि अपाङ्ग भएका कारण उनको उमेर बढ्दै गएपनि उनी आफु बढ्न नसकेकोमा चिन्ता ब्यक्त गरिन ।
उनी आईतबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा आमा हिरा देवी साह सोनारनीसँग आएर अठार वर्षको उमेरमा बंशज नागरिकता लिएपछि संचारकर्मीहरुसँग खुशि भएको बताईन ।
उनी जन्मैदेखि अपाङ्ग रहेको बताउँदै उनकी आमा हिरा देवीले भनिन “आप्mनो तीन छोरा र एउटै सुनिता छोरी रहेको तथा तीन वटै छोराहरु राम्रै रहेपनि सुनिता मात्र अपाङ्ग छिन् ।”
सुनिता जब जिल्ला प्रशासन कार्यालय सप्तरीमा नागरिकता बनाउँनका लागि पुग्दा सुनितालाई हेर्नका लागि दर्जनौ ब्यक्तिहरुको घुईचो समेत लागेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट