News Category 2072/04/28

एकै साथ दुई बालकको डुबेर मृत्यु

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २७ साउन । 
सप्तरीको पिप्रापश्चिम गाविसमा बुधबार एकै साथ दुई बालकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । 
उदयपुरको त्रियुगा नगरपालिका ११ लालपत्ता निवासी रामसेवक साहका ५ वर्षिय छोरा निरज साह र सोही स्थान निवासी सुभन बिकको ५ वर्षिय छोरा शौरात बिकको डुबेर मृत्यु भएको हो । 
घर नजिकैको पानी जमेको खाल्डोमा दुबै बालकलाई डुबी रहेको अवस्थामा स्थानियवासीले फेलापारेका थिए । दुबै बालकलाई उपचारका लागी लाहान राहु स्मारक अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट