News Category 2070/04/18

बिशेष साधारणसभाबाट जिल्ला फुटबल संघ सप्तरीको विवाद अन्त्य

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, १७ साउन । 
जिल्ला फुटवल संघ सप्तरीमा देखिएको विवाद विहिबार समाधान भएको छ । 
उक्त विवाद विशेष साधारण सभा गरी सामाधान गरिएको हो । गत साउन १० गते गरिएको साधारण सभामा सहभागी नगराएको भन्दै अधिकांश क्लवहरुले तिब्र असन्तुस्टि जनाउदै सबैलाई समेटि पुनः साधारण सभा गर्नुपर्ने मांग गर्दै आन्दोलित भएपछि विशेष साधारण सभा बोलाइएको हो ।
विशेष साधारण सभाबाट गठित नयाँ कार्य समितिको अध्यक्ष पदमा पुनः बस्नेतलाई नै जिम्मेवारी दिइएको छ भने कार्यसमितिमा हेरफेर गरिएको छ ।
सो सभाबाट उपाध्यक्षमा मनोज कुमार माझी, अरुण बहादुर पाण्डे र चन्द्र शेखर चौधरीको सर्वसम्मतले चयन गरिएको छ भने नव गठित कार्य समितिको पहिलो बैठकले महासचिवमा अमर खवास र कोषाध्यक्षमा शम्भु चौधरीलाई मनोनित गरेको छ । 
यसै गरी सदस्यमा राजकुमार परियार, दिपेन्द्र भट्ट, विष्णु देव चौधरी, दयाराम भट्टराई, देबेन्द्र खड्का, धु्रव नारायण चौधरी, गुडु थापा मगर, दिपेन्द्र चौधरी र दिपक यादवको चयन गरिएको छ । 
यस्तै साधारण सभाले ६ सदस्यीय सल्लाहाकार समिति समेत गठन गरेको छ । जसमा जिवन श्रेष्ठ, दशरथ प्रसाद गुप्ता, राजदेव सिंह, सत्य नारायण यादव, सिवा प्रसाद साह र सुरेन्द्र नाथ सिंह रहनुभएको छ । 
संघको कानुनी सल्लाहकारमा महेन्द्र चौधरी र प्रवक्तामा बैजु प्रसाद दासलाई मनोनयन गरिएको संघद्घारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
फुटवल संघ सप्तरीका अध्यक्ष देवेन्द्र मान सिंह बस्नेतले विशेष साधारण सभा गरेपछि अब उपरान्त विवाद अन्त भएको प्रतिक्रिया दिनुहुँदै संघमा देखिएको विवाद अन्त भई क्लव र संघ विच एकता र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट