News Category 2072/04/29

थाकसद्वारा मोटरसाइकल ¥याली

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २८ साउन । 
थारु कल्याणकारिणी सभा सप्तरीले बिहिबार राजविराजमा मोटरसाईकल ¥याली निकालिएको छ । 
सभाका पदाधिकारीहरुले निकालेको मोटरसाईकल ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात् गजेन्द्र चौकमा बिरोध सभामा परिणत भएको थियो । 
सो सभामा सहभागि बक्ताहरुले झापा, सुनसरी, मोरङ, सप्तरी, सिरहा, उदयपुरलाई १ नं प्रदेश तथा धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहट, पर्सालाई २ नं. प्रदेश र चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कंचनपुरलाई ३ नं. प्रदेशमा राखिनुपर्ने माग गरेका छन् । 
सभाका जिल्ला अध्यक्ष अरुण कुमार चौधरीको अध्यक्षता तथा सभाका केन्द्रिय सदस्य उचित नारायण चौधरीको प्रमुख आतिथ्य एवं सभासद मानपुर चौधरीको विशेष आतिथ्यमा आयोजित सो सभामा मुक्तिनाथ चौधरी, बौली चौधरी, नमिता चौधरी, लक्ष्मी चौधरी, दिलिप चौधरी लगायतका बक्ताहरुले पूर्वमा तराईका ६ जिल्लालाई मिलाएर एउटा प्रदेश निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । 
यसैबचि सभाले पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा दुई घण्टासम्म यातायात अवरुद्ध समेत गरेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट