News Category 2072/04/30

तीन जिल्लालाई २ नं प्रदेशमा समावेश गर्न माग

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २९ साउन । 
मैथिली साहित्य परिषद्ले २ नं. प्रदेशमा पूर्वका तीन जिल्ला पनि समावेश गर्नु पर्ने माग गरेको छ । 
परिषद्का अध्यक्ष शुभचन्द्र झा र सचिव श्यामसुन्दर यादवद्वारा जारि विज्ञप्तिमा झापा, मोरङ र सुनसरीमा मैथिली भाषाभाषी समेत रहेकाले उनीहरुको हकअधिकारलाई कुण्ठित नगरि ती क्षेत्रलाई पनि २ नं. प्रदेशमा समावेश गर्न माग गरिएको छ । 
विज्ञप्तिमा नेपालको दोश्रो ठूलो भाषा मैथिली रहेकोले सोको सम्मानका लागि पनि संविधान निर्माणपछि काम–काजको भाषाको मान्यता दिने विश्वास लिइएको छ । 
साथै विज्ञप्तिमा सप्तरी जिल्लालाई यथास्थितिमै राख्न माग गर्दै झापा, मोरङ्ग, सुनसरीलाई २ नं. प्रदेशमा समावेश गर्न आग्रह गरिएको छ । यदी त्यसको नगरिए सम्पूर्ण मैथिलीवासी सशक्त आन्दोलनमा ओर्लिने चेतावनी समेत दिइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट