News Category 2072/05/01

सवारी साधन संचालन गर्न खोज्दा भारदहमा झडप, प्रहरी भ्यान तोडफोड, ट्रकमा आगजनी, अऋु ग्यास प्रहार

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३२ साउन । 
बन्दका कारण रोकेर राखिएको यातायातका साधनहरुलाई संचालन गराउन खोज्दा सप्तरीको भारदहमा मधेसी मोर्चा सप्तरीका कार्यकर्ता र प्रहरीबीच सोमबार साँझ झडप भएको छ । 
यातायत संचालन गराउन खोज्दा प्रहरीले दर्जनौं अऋु ग्यास प्रहार समेत गरेको छ । यसैबीच प्रदर्शनकारीहरुले एउटा प्रहरीको भ्यानमा समेत तोडफोड गरेका छन भने एक मालबाहक ट्रकमा आगजनी समेत गरेका छन् । त्यहाको अवस्था तनावग्रस्त बनेको छ । सो स्थानमा अहिले ३ सय यातायातका साधनहरु रोकिएका छन् । 
आइतबार साँझ राजधानीबाट पूर्वका लागि हिँडेको यात्रुबाहक बस, ट्रकलगायतका दुईभन्दा बढी सवारी साधन सप्तरीको रुपनी, भारदह तथा सिरहाको बन्दिपुरमा रोकिएपछि यात्रुहरु बिचल्लीमा परेका छन् ।
यस्तै सोमबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनीमा कान्तिपुर पत्रिका र नागरिक पत्रिका बोकेको गाडीलाई आन्दोलनकारीहरुले दुई घण्टा नियन्त्रणमा लिएर छोडेका छन् । यता भारदहमा स्थानियहरुले यात्रुहरुका लागि खानाको व्यवस्था समेत गरेका छन् । 
नेकपा–माओवादी र मधेसी मोर्चाले आइतबारदेखि दुई दिन बन्दको आह्वान गरेको हो भने थारु कल्याणकारिणी सभा, नेपाल सद्भावना पार्टी र सङ्घीय सद्भावना पार्टीले शनिबारदेखि तीन दिनको बन्द आह्वान गरेको हो । संविधानको मस्यौदा तथा चार दलले गरेको ६ प्रदेश सीमाङ्कनको विरोधमा मधेसवादी दलले आमहडतालको आह्वान गरेका हुन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट