News Category 2072/05/02

प्रहरीको गोली लागि एकको मृत्यु ६ जना गोली लागेर गम्भिर, दर्जनौं प्रदर्शनकारी लाठी प्रहारबाट घाइते, भारदहमा कर्पm्यु आदेश

दैनिक समाचारदाता

नवीनकुमार गुप्ता
राजविराज, १ भदौं । 
मेधशी मोर्चा सप्तरीले आह्वान गरेको मंगलबारदेखीको अनिश्चितकालिन मधेश बन्दको क्रममा सप्तरीको भारदहमा प्रहरीको गोली लागि एकजना स्थानियको मृत्यु भएको छ भने ६ जना प्रहरीको गोली लागेर गम्भिर घाइते भएका छन् । 
यता स्थानिय प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन मंगलबार बेलुका ४ बजेदेखी बुधबार बिहान ५ बजेसम्म भारदह क्षेत्र वरिपरी कर्पm्युको आदेश जारि गरेको छ । 
यसरी मृत्यु हुनेमा भारदह १ का २५ वर्षिय राजिव राउत रहेका छन् । राउतको छातीमा गोली लागेको थियो । यता प्रहरीको गोली लागेर सोही स्थानका १५ वर्षिय दिपक साह, भारदह २ निवासी ४५ वर्षिय देवनारायण विश्वास, भारदह १ का सत्यनारायण राउत, भारदह १ का सुरेन्द्र मण्डल, भारदह २ का गोपाल मण्डल, र सोही स्थानका बिजय ठाकुर भाइते भएका छन् । ती मध्ये कसैलाई पेटमा, घुडामा, ढाडमा गोली लागेको छ । गोली लागेर घाइते भएकाहरुलाई धरान र बिराटनगर उपचारका लागि लगिएको उनीहरुको परिवारजनले जानकारी दिएका छन् । यता प्रहरीको लाठ् िचार्जबाट पनि दर्जनौंको संख्यामा प्रदर्शनकारीहरु घाइते भएका छन् ।
मंगलबार बिहान मोर्चाका कार्यकर्ताहरुले भारदह चौकमा गुन्द्रि ओछ्याएर प्रदर्शन गर्ने क्रममा प्रहरीले उनीहरुलाई बीच बाटोमा प्रदर्शन गर्न नदिएपछि सो झडपको अवस्था सृजना भएको फोरमका जिल्ला अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिनुभयो । 
यता स्थानियवासीहरुले प्रहरीले घर घरमा छिरेर महिला तथा पुरुषहरुलाई कुटपिट गरेको आरोप लगाएका छन् । प्रहरीको सो ज्यादती बिरुद्ध आन्दोलकारीहरुले ढुङ्गामुढा गरेको पछि प्रहरीले जवाफमा दर्जनौं राउण्ड अऋु ग्यास र १८ राउण्ड हवाई फायर समेत गरेको थियो । 
यसअघि बिहान प्रहरीको लाठ् िचार्जबाट फोरमका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, जिल्ला अध्यक्ष दिनेश यादवलगायत दर्जनौं नेता तथा कार्यकर्ताहरु घाइते भएका थिए । उनीहरुको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ । 
यता घटना बारे सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले प्रदर्शनकारीहरुले प्रहरी चौकीमा आक्रमण गरेपछि प्रहरीले प्रतिकारमा बाध्य भई गोली हानेको दाबी गर्नुभएको छ । 
त्यसै गरि सदरमुकाम राजविराजमा पनि मोर्चाका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गर्ने क्रममा राजविराजस्थित पुनरावेदन अदालत अगाडी, जिल्ला प्रशासन कार्यालय र गजेन्द्र चौकमा प्रहरीले लाठी चार्ज गर्दा दर्जनौं नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् । सो क्रममा राजविराजस्थित जिल्ला जनस्वास्थ्य कार्यालय अगाडी सोही कार्यलयका निलो प्लेटको ६६–१–१२९७ नम्बरको मोटरसाइकल जलाइ दिएका छन् । 
यसअघि सोमबार राती भारदहमा रोकिराखेका करिब ३ सय सवारीसाधनहरुलाई प्रहरी संचालन गर्न खोज्दा मधेसी मोर्चा सप्तरीका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । सोही क्रममा प्रहरीले राती भारदह चौकको सम्पूर्ण बिजुली बत्ति निभाएर स्थानियहरुको घर घरमा पसेर कुटपिट समेत गरेको स्थानियहरुले आरोप लगाएका छन् । सो क्रममा प्रहरीले दर्जनौं अऋु ग्यास प्रहार समेत गरेको छ भने प्रदर्शनकारीहरुले एउटा प्रहरीको भ्यानमा समेत तोडफोड गरेको थिए । यस्तै एक मालबाहक ट्रकमा आगजनी समेत भएको थियो ।   

प्रतिकृया दिनुहोस

ताजा अपडेट