News Category 2072/05/06

बन्दको अवज्ञा गरेको भन्दै सप्तरीमा दुई ट्रकमा आगजनी आन्दोलनकारीले बसमा ढुङ्गामुढा गर्दा बस दुर्घटनाग्रस्त, १४ जना घाइते

दैनिक समाचारदाता

राजविराज÷संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालिन बन्दको शनिबार आठौं दिन बन्दको अवज्ञा गरेको भन्दै सप्तरीमा दुई मालबाहक ट्रकमा आगजनी गरेको छ ।
तरकारी लिएर पूर्वबाट काठमाण्डौतर्फ जाँदै गरेको को १ ख ३३८९ नम्बरको ट्रकलाई बन्दकर्ताहरुले सप्तरीको भारदह–कोसी ब्यारेज सडक खण्डमा आगजनी गरेको हो । आगजनीबाट उक्त ट्रक पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
यसअघि शनिबारै बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ३ ख ७३०० नम्बरको मालबाहक ट्रकमा बन्दकर्ताहरुले सप्तरीको पोर्ताहास्थित पूर्व पश्चिम सडकखण्डमा आगजनी गरेका थिए ।
यस्तै बिहान ३ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ प्रहरीले स्कर्टिंग गरी लग्दै गरेको ना ४ ख ४२६६ नम्बरको बसमा सप्तरीको भारदहमै बन्दकर्ताले ढुंगामुडा गरेपछि अनिन्त्रित भई पल्टिएको थियो । उक्त क्रममा उक्त बसमा रहेका १४ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।
यसैबीच बस पल्टिएको ठाउूमा पुगेका प्रहरीको टोलीले नजिकै रहेको खटर साह, मटर साह, हिरालाल साह, कामानन्द साहसहितका घरमा पसेर प्रहरीले महिलासमेतलाई निर्घात कुटपिट गरेको पीडितहरुले बताएका छन् । 
ढुंगामुडा हान्नेहरुलाई घरमा लुकाएको भन्दै उनीहरुलाई निर्घात कुटपिट गरेको पीडितहरुको भनाई छ । कुटपिटबाट स्थानीय कामानन्द साह, खटर साह, मटर साहसहित अन्य तीन जना महिला घाईते भएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट