News Category 2072/05/06

८ बुँदे सहमति कै आधारमा संविधान बनाउनु पर्छ ः अध्यक्ष महतो

दैनिक समाचारदाता

राजविराज÷सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राज्यपक्षसँग आफूहरु अब कुनै वार्ता नगर्ने भन्नुहुदै विगतमा राज्यपक्षबाट भएको ८ बुँदे सहमति कै आधारमा संविधान बन्नाउनु पर्ने बताउनुभएको छ । 
सप्तरीको भारदहमा भदौं १ गते आन्दोलनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका भारदहका राजिव राउतको श्रद्धाञ्जली सभामा शुक्रबार बोल्दै उहाँले विगतको सहमति कार्यान्वयनसँगै  संविधानसभाबाटै संविधान बाहेक अरु केही नचाहेको प्रस्ट पार्नुभयो । 
उहाँले शान्तिपूर्ण आन्दोलनमा ओर्लेका निमुख्खा जनतालाई नभएर आफूलाई गोली हान्न् प्रहरी प्रशासनलाई चुनौती समेत दिनुभयो । 
अध्यक्ष महतोले तीन दलले गणितीय अहंकारमा र विगतको सम्झौता कार्यान्वयन नगरि संविधान जारि गर्न लागेको आरोप लगाउदै तीन दल ज्ञानेन्द्रको भन्दा पनि बढी निरंकुशता देखाइरहेको जिकिर गर्नुभयो । 
उहाँले मधेशीको अधिकार संविधानसभाबाट सुनिश्चित नहुने छाटकाट देखिएपछि आफूहरुले संविधानसभाबाट बाहिरएको उल्लेख गर्दै अब मधेशीहरुको अधिकार सडक आन्दोलनबाटै प्राप्त गर्ने दाबी समेत गर्नुभयो । 
दशकौंदेखी राज्यपक्षले मधेशी, दलित, उतपीडित, जनजाती, महिला, मुश्लिमलाई अधिकारबाट बञ्चित गरिरहेकोमा अब उनीहरुको अधिकारकालागि मधेश आन्दोलन २ गर्नु बाहेकको विकल्प नरहेको जिकिर गर्नुभयो । 
यसैगरी सो सभामा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अन्तिम र निर्णायक मधेश विद्रोह प्रारम्भ भईसकेको उद्घोष गर्दै यसअघिको आन्दोलनमा मधेशी मोर्चासँग भएका सहमतिहरु कार्यान्वयन नभए सम्म आन्दोलन नरोकिने चेतावनी दिनुभयो ।
नेता ठाकुरले सरकार अधिकारका लागि भइरहेको जनविद्रोह प्रहरी लगाएर दवाउन खोजेको आरोप लगाउँदै  विभेदका विरुद्ध आन्दोलन चर्किएको स्पष्ट पार्नुभयो ।
त्यस्तै सो सभामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको संविधान बनाउन राज्यपक्ष उदासिन नभएकोले आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले मधेशी जनताको अधिकार अब सडक आन्दोलनबाटै प्राप्त हुने दाबी समेत गर्नुभयो । 
अध्यक्ष यादवले एक अर्को प्रसङ्गमा शहीदको सम्मान गर्नु राज्यको दायित्व हो भन्दै देश र जनताका लागि सहादत दिनेहरुका लागि नै ५० लाख रुपैयाँ दिनु पनि कुनै ठूलो कुरा नभएको बताउनुभयो । 
सभामा सद्भावना पार्टी उपाध्यक्ष रामबाबु साह, फोरमका सभासद् लक्ष्मी चौधरी, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रिय अध्यक्ष विकास तिवारी, एमाओवादीका सभासद् मानपुर चौधरी, नेकपा–माओवादीका देवनाथ यादव लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट