News Category 2072/05/06

प्रहरीले मान्छे ताकेर गोली चलाएको छ ः डा. दिक्षित

दैनिक समाचारदाता

राजविराज÷नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले मधेसमा जारी आन्दोलनको मुद्दा राजनीतिक भएकाले सो मुद्दा राजनीति स्तरबाटै समाधान हुनेपर्ने बताउनु भएको छ । 
भदौं १ गते सप्तरीको भारदहमा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागि स्थानीय राजीव राउतको मृत्युपछि चर्केको आन्दोलनको अनुगमनका क्रममा सप्तरी आउनु भएका डा. दिक्षितको भारदहमा प्रहरी तर्फबाट ठूलो कमजोरी भएको बताउनुभयो । 
उहाँले भीडलाई नियन्त्रण गर्ने अनेक उपाय हुँदा हुँदैपनि प्रहरीले मान्छे ताकेर गोली चलाएको स्थलगत निरिक्षणबाट प्रष्ट देखेको जानकारी दिनुभयो । 
प्रहरीको गोली लागि मृत्यु भएका राजीव राउतको बारेमा र  घाईतेहरुको उपचारमा समेत सरकारी स्तरबाट उदासिनता देखिएको उहाँले बताउदै घटनाबारे सरकारी स्तरबाट अनर्गल प्रचारवाजी भईरहेको उहाँले ठहर गर्नुभयो । 
डा. दिक्षितले घटनाबारे न्यायीक छानबिन गठन गरी र दोषीलाई कारवाही गर्न सरकारलोई ढिलो नगर्न आग्रह समेत गर्नुभयो । मधेसको माग सम्बोधन गर्न सरकारले जति ढिला गर्छ मुलुकको माहौल त्यति बिग्रिदै जाने उहाँको कथन छ । 
सो टोलीमा चरण प्रसाई, दिनेश त्रिपाठी, बिमल अर्याल तथा गणेश मण्डल रहनु भएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट