News Category 2072/05/07

मोर्चाद्वारा शान्तिपूर्ण बन्दको आव्हान गर्दै सिट्टी जुलुस प्रदर्शन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ६ भदौं । 
मधेशी मोर्चा सप्तरीको आव्हानमा गरिएको अनिश्चितकालिन बन्दको नवौं दिन आइतबार राजविराजमा शान्तिपूर्ण बन्दको आव्हान गर्दै सिट्टी जुलुस प्रदर्शन गरिएको छ । 
राजविराजस्थित शिवमन्दिरको प्राङ्गणबाट निस्केको सिट्टी जुलुस नगर परिक्रमा गर्दै स्थानिय जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको थियो । 
नौं दिनदेखी बन्दका कारण सप्तरी जिल्लाको जनजिवन अस्तव्यस्त भइरहेको बेला आज शान्तिपूर्ण बन्दको आव्हानमा सिट्टी जुलुस प्रदर्शन गरिएको मोर्चाका प्रवक्ता गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।  
प्रवक्ता मण्डलले  बन्दको क्रममा सोमबारदेखी शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिँदै सोही क्रममा लाठ्ी जुलुस, झाडु जुलुस, युवा विद्यार्थीद्वारा बिरोध प्रदर्शनलागतयको कार्यक्रमहरुलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।  
सद्भावना पार्टीका नगर अध्यक्ष अमरकान्त झाको अध्यक्षतामा आयोजित सभामा वक्ताहरुले मधेशको अधिकार प्राप्त नहुन्जेल आन्दोलन नरोकिने चेतावनी दिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट