News Category 2072/05/08

कैलालीको टीकापुरमा झडपहुँदा वरिष्ठ प्रहरी उपरीक्षक, दुई निरिक्षकसहित आठको मृत्यु

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ७ भदौं । 
कैलालीको टीकापुरमा सोमबार थरुहट पक्षधर र प्रहरीबीच झडप हुँदा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, दुई प्रहरी निरिक्षकसहित १७ जना सुरक्षाकर्मी तथा तीन प्रदर्शनकारीको मृत्यु भएको छ । 
सोमबार दिउँसो भएको झडपमा सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक न्यौपानेको मृत्यु भएको हो । मृत्यु हुने अन्यमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा छन् । त्यस्तै झडपमा प्रहरी जवान लक्षमण खड्का एवं लोकेन्द्र चन्दसमेतको मृत्यु भएको छ । त्यस्तै सशस्त्र प्रहरी हवल्दारद्वय ललित साउद र रामबिहारी चौधरीको मृत्यु भएको छ । त्यस्तै एक दुई बर्षिय बालकको समेत मृत्यु भएको छ । यद्दपी सो झडपमा दुबै तर्फ गरि दर्जनौं हाताहात भएको आशंका गरिएको छ । 
कैलालीको टीकापुरमा सोमबार दिउँसो सरकारी कार्यालयहरुमा ‘थरुहट स्वायत्त प्रदेश’ को बोर्ड राख्ने कार्यक्रम थियो । कार्यक्रमको आयोजक थियो ‘थारुवान् संयुक्त संघर्ष समिति, जसमा सत्तारुढ कांग्रेस र एमालेका थारु नेताहरुसमेत सहभागी रहेका थिए ।
बोर्ड राख्ने कार्यक्रमका लागि टीकापुर नगरपालिका र आसपासका थारु बाहुल्य गाविसबाट मानिसहरु टीकापुर बजारतर्फ आएका थिए । पूर्वी भागको बर्दिया जिल्ला बाहेकका विभिन्न ठाउँबाट मानिसहरु टीकापुर आएका थिए । जोशीपुर लगायतका क्षेत्रबाट मानिसहरुको हुल टीकापुरतिर आएको थियो ।
सरकारका तर्फबाट पनि सरकारी कार्यालयमा सुरक्षा दिने हेतुले प्रहरी र सशस्त्र प्रहरीहरु परिचालन गरिएको थियो ।
यसै क्रममा टीकापुरण्स् ६, शंकरपुरस्थित पशुहाट नजिकै रहेको भीडनजिकै एसएसपी लक्ष्मण न्यौपानेको टोली पुग्यो । एसएसपीले न्यौपानेले गाडीबाट ओर्लेर भीडलाई सम्झाउनमात्रै के लागेका थिए, त्यहीबेला एक हुल अगाडि बढ्यो र प्रहरी जवान लक्ष्मण खड्कामाथि आक्रमण शुरु भयो ।
लगत्तै एसएसपी न्यौपाने र केही प्रहरीलाई भीडले नियन्त्रणमा लियो र केही पर र्पुयाएर कुटपिट गर्दै पेट्रोल छर्केर आगो लगाई हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
शंकरपुरका साथै मुनुवा १ को कञ्चनपुर भन्ने ठाउँमा पनि प्रहरी र प्रदर्शनकारीवीच झडप भएको थियो । घटनास्थलमा खटिएका रेडक्रसमा कर्मचारीले दिएको जानकारी अनुसार प्रदर्शकारीले हातमा भाला, लाठी र गुलेली लगायतका घरेलु हतियारहरु बोकेका थिए । भीडमा बालबालिका र महिलाहरुसमेत थिए ।
यता झडपपछि टीकापुर अस्पतालको स्थिति बेहाल बनेको छ । अस्पतालमा प्रहरीका ७ वटा शवहरु संकलन गरिएका थिए । करीब ५६ जना घाइते प्रहरीलाई उपचार गर्ने स्थान नरहेर बाहिरै राखिएको थियो । थारु समुदायका आधा दर्जनजति घाइतेहरु अस्पतालमा रहेका छन् । 
घटनामा मृत्यु हुने जनपथ प्रहरीका ५ र सशस्त्रका दुई प्रहरीको शव पोष्ट मार्टमका लागि अस्पतालमा राखिएको छ । 
हिंसात्मक झडपपछि प्रहरीले फायर खोलेको थियो । गोली चल्न थालेपछि प्रदर्शनकारीहरु पछि हटेका थिए । दिउँसो २ बजेदेखि कर्फ्यु जारी गरिएपछि अपरान्ह झडप साम्य भए पनि टीकापुरको स्थिति तनावपूर्ण नै रहेको छ ।
मृतक एवं घाइते प्रहरीहरुमाथि लाठी, भाला, एवं घरेलु हतियारबाट आक्रमण एवं कुटपिट भएको प्रहरीले जनाएको छ । 
यता मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद रामजनम चौधरीले प्रहरीले गोली चलाएवपछि कैलाली घटना भएको बताएका छन् ।
टीकापुरमा सुरक्षाकर्मी र थरुहट आन्दोलनकारीबीच सोमबार हिंसात्मक झडप भएको थियो । घरेलु हतियारसहित आएका आन्दोलनकारीको आक्रमणमा परी एसएसपी सहितका सुरक्षाकर्मी मारिएका छन् । उहाँका अनुसार थरुहट संघर्ष समितिले सरकारी कार्यालयमा थरुहट स्वायक्त प्रदेश लेख्ने कार्यक्रम थियो ।
झण्डै ८ र १० हजारको संख्यामा रहेका आन्दोलनकारी टीकापुरतर्फ अघि बढ्दा प्रहरीले रोकेको थियो । सुरक्षाकर्मीलाई धकेल्दै अघि बढेका आन्दोलनकारी पशु हाटमा पुगेपछि प्रहरीले गोली चलाएको सभासद चौधरीले दाबी गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट