News Category 2072/05/11

राजविराजमा बेइज्जत जुलुस

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० भदौं ।
मधेशी मोर्चा सप्तरीले बिहिबार राजविराजमा बेइज्जत जुलुस निकालेको छ । 
सो जुलुसमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको रुप धारण गराएर स्थानिय कलाकारलाई नगरको परिक्रमा गराइएको थियो भने उनको पछि पछि आन्दोलनकारीहरु नाटकिय रुपमा बाँधेर डो¥याइरहेका थिए ।  
मधेश र मधेशीलाई गाली गर्ने ओलीलाई मोर्चाका नेता तथा कार्यकर्ताहरुले कुटपिट गर्नुका साथै गाली गलोज गरी बजार परिक्रमा गराएका थिए । त्यस पश्चात् जनआन्दोलन चौकमा पुगेर ओलीको रुप धारण गरेका स्थानिय कलाकारले पशुपति दासले अबदेखि मधेशी जनतामाथि गाली गलौज नगर्ने प्रतिवद्धता जनाएका थिए ।
यसैगरि सप्तरीको कंचनपुरमा पनि सभासद् लक्ष्मी चौधरीको अगुवाईमा बिरोध सभाको आयोजना गरिएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट