News Category 2072/05/11

मधेश जनबिद्रोहलाई दमन गर्ने सरकारी नीति ः तमरा अभियान

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० भदौं ।
तमरा मधेश राष्ट्रिय अभियानले मधेसमा पुनः जनबिद्रोह उठेको बेला नेपाल सरकारले सो बिद्रोहलाई दमन गर्न राज्यका सबै सुरक्षानिकायहरूलाई आक्रमक रूपमा प्रस्तुत हुन भनेको जनाउँदै तमरा अभियान राज्य र आन्दोलनकारी दुबैपक्षबाट गरिएका यस हत्या र हिंसाको भत्र्सना गरेको छ । 
अभियानका संयोजक जयप्रकाश गुप्ताद्वारा जारि विज्ञप्तिमा सरकारको दमनको स्वरूप हालसम्ममा सप्तरीको भारदहमा राजीव राउत, रुपन्देहीको बेलहियामा दुर्गेश यादव, लुम्बिनी क्षेत्रमा सुनिल यादव तथा रौतहटको गौरमा राजकिशोर ठाकुरको हत्या गरिएको उल्लेख छ । 
सो विज्ञप्तिमा आन्दोलनकारीबाट कैलालीको टिकापुरमा नेपाल प्रहरीका अधिकृत लक्ष्मण न्यौपानेसहित आठजना प्रहरीको निर्ममतापुर्वक हत्या भएको उल्लेख गर्दै एक दुई बर्षीय अवोध वालकको समेत हत्या गरिएको जनाइएको छ । 
यस्तै विज्ञप्तिमा भनिएको छ, “मधेसका अनेकन् जिल्लाहरूमा सुरक्षाबलले आन्दोलनकारी जनताउपर गोली चलाएको छ । यसबाटपचासौं आन्दोलनकारीहरू घाइते छन् । कयौंव्यक्तिहरू हालसम्म बेपता रहेको भनिन्छ । चोटपटकबाट घाइते हुनेको संख्या व्यापक छ । मानवीयक्षतिको यो क्रमजारी छ ।” 
यस्तै तमरा अभियान भारदह, टिकापुर, गौर, बेलहियालगायत अन्य सबै स्थानहरूमा भएका हत्या तथा घटनाहरूको स्वतन्त्र छानविन हुनुपर्ने माग गर्दै सरकारले मारिएका व्यक्तिको आश्रित परिवारकालागि तत्काल आर्थिक राहत दिन विज्ञप्तिमा जनाइएको छ । 
यसैगरि नेपाल सरकारले मधेसका जिल्लाहरूमा शांति स्थापनाका लागि तत्काल सैनिक परिचालनको कार्यलाई फिर्ता लिन समेत तमरा अभियानले माग गरेको छ । 
विज्ञप्तिमा भनिएको छ, “यस संविधानसभा भित्रको नाटकको आधारमाबन्ने संविधानले कुनैपनि अर्थमा जनवैधता पाउदैन । तसर्थ, तत्काल संविधाननिर्माणका सबै कार्यहरूलाई रोकिनु पर्दछ र नयां राजनीतिक सहमतिको निर्माणका लागि पहल गरिनु पर्दछ भन्ने तमरा अभियानको दृष्टिकोण जानकारी गराउन चाहन्छौं ।” 

प्रतिकृया दिनुहोस

ताजा अपडेट