News Category 2072/05/13

राज्यसत्ता कायम राख्ने षड्यन्त्रको प्रतिफल टीकापुर घटना ः डा. डम्बर नारायण यादव

दैनिक समाचारदाता

काठमाडौं÷मधेश नागरिक समाजका अध्यक्ष डा. डम्बर नारायण यादवले ठूला–बडा राजनीतिक दलका केही नेताहरुले आफ्ना पुख्र्यौली राज्यसत्ता कायम राख्ने षड्यन्त्रको प्रतिफल टीकापुर घटना हुन गएको आरोप लगाउनु भएको छ । 
यादवले बिहीबार प्रेस विज्ञप्ति जारी गरी टीकापुर घटना दुःखद परिस्थिति सत्ता पक्षका बल मिचाइले गर्दा उत्पन्न भएको धारणा राख्नु भएको छ । 
यादवले पश्चिमी नेपालका केही नेताहरु आफ्ना राजनीतिक मौजा यथावत राख्न अखण्डका नाममा संघीयताको सिद्धान्तको विपरीत नानागरिका जालझेल गरी थारुहरुलाई खण्डित गरी हकहित र सहभागिताबाट वञ्चित गर्न खोजेको विज्ञप्तिमा उल्लेख गरिएको छ । गृहमन्त्रीलगायत केही नेताहरु आफ्ना कमी कमजोरी र दिशाहीनता लुकाउन टीकापुरको घटनालाई घुसपैठिया र छरछिमेकको सहयोगमा सञ्चालन भएको आरोप गलत, भ्रमपूर्ण र षड्यन्त्र रहेको उहाँले प्रष्ट्याउनु भएको छ । 
उहाँले थरुहट प्रदेशको स्थापना नकार्दा ठूलो ऐतिहासिक भूल हुने र यसले सम्पूर्ण देशमा गृहयुद्धको आगो सल्काउने चेतावनी दिनुभएको छ । टीकापुर घटनाक्रमका सम्पूर्ण जिम्मेवार नेपालका राजनीतिक दलका नेताहरु नै रहेको उहाँको आरोप छ । ‘यो नेतृत्व दिशाहीन र असमक्ष छ’, विज्ञप्तिमा भनिएको छ, ‘सेना परिचालन समस्याको समाधान होइन । यो राजनीतिक मुद्दा हो, तसर्थ यसको राजनीतिक समाधान चाहिएको छ ।’ देशको गम्भीर परिस्थितिबारे चिन्तन र राष्ट्रिय बहस अविलम्ब थाल्न समाजले सबै पक्षसँग अपील गरेको छ ।
गत सोमबार टकिापुरमा घटेको हिंसात्मक घटनामा प्रहरी निरीक्षकसहित ८ जना सुरक्षाकमीृको हत्याप्रति समाज मर्माहत तथ स्तब्ध भएको जनाएको । यस्तै प्रकृतिका सुर्खेत, भारदह र गौरमा घटेका हत्याहिंसाका घटनाप्रति गम्भीररुपमा चिन्तित रहेको समाजले जनाएको छ । सो सम्बन्धमा उच्चस्तरीय छानबिन आयोगको गठन र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन मागसमेत समाजले गरेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट