News Category 2072/05/15

हिन्दु राज्यको माग गर्दै प्रदर्शन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १४ भदौं ।
बैदिक सनातन हिन्दु धर्म जागरण अभियान समिति सप्तरीले हिन्दु राज्यको माग गर्दै सोमबार राजविराजमा प्रदर्शन गरेको छ । 
बैदिक सनातन हिन्दु धर्म जागरण अभियान समिति सप्तरीले हिन्दु राष्ट्रको माग गर्दै निकालिएको बृहत बिरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकार बिरेन्द्र कुमार यादव समक्ष ज्ञापन पत्र बुझाएको छ ।  बुझाईएको ज्ञापन पत्रमा धर्मनिरपेक्षलाई तत्कालिन आन्तरिम संविधानमा लेखी नेपाली जनतामाथि जर्ववस्ती साथ लादिएको भन्दै नेपाललाई विश्व सामु गौरवको रुपमा पहिचान दिलाउन सफल धर्मनिरपेक्ष राज्यको व्यवस्थाको घोर भत्सर्ना गर्दै नयाँ बन्ने संविधानमा सनातन हिन्दु राष्ट्र नेपाल कायम हुनुपर्ने माँग गरीएको समितिका संयोजक लक्ष्मण साहले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट