News Category 2072/05/18

शिक्षा कार्यालयको गाडी र भु–संरक्षण कार्यालयमा आगजनी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १७ भदौ । 
सप्तरीका दुई वटा सरकारी कार्यालयमा बिहीबार आगजनी गरिएको छ । विगत २० दिनदेखी जारि आन्दोलनका क्रममा बिहीबार आन्दोलनकारीहरुले राजविराज ८ स्थित जिल्ला शिक्षा कार्यालय र राजविराज ५ स्थित जिल्ला भु संरक्षण कार्यालय सप्तरीमा आगजनी गरेका हुन् । 
आन्दोलनकारीहरुले जिल्ला शिक्षा कार्यालयको बा.१ झ ४७६१ नम्बरको बोलेरो गाडीमा आगजनी गरेका छन् । आगजनीबाट बोलेरो पुर्ण रुपमा क्षति भएको छ । आन्दोलनकारीहरुले शिक्षा कार्यालय परिसर भित्र पसेर त्यहा राखिएको बोलेरो गाडीमा आगजनी गरेको जिल्ला शिक्षा कार्यालय सप्तरीका अधिकृत भोगेन्द्र यादवले जानकारी दिनुभयो ।
पाँच सातजनाको संख्यामा आएका आन्दोलनकारीहरुले सो आगजनी गरेर भागेपछि बारुणयन्त्र तथा प्रहरीले आगो नियन्त्रणमा लिएको अधिकृत यादवले बताउनुभयो । 
त्यस्तै आन्दोलनकारीहरुले राजविराजस्थित भूसंरक्षण कार्यालयमा रहेको बोर्डका साथै सुचना पार्टी, दुईथान कुर्सी र त्रिपालमा आगो लगाएका छन । आगजनीबाट ती सामग्रीहरु बाहेक अन्य कुनै सामानमा क्षति नभएको कार्यालयले जनाएको छ । यता आगजनी भएको घण्टौसम्म पनि प्रहरीलाई खबर गर्दा प्रहरी नआएको कार्यालयका कर्मचारीहरुले गुनासो गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट