News Category 2072/05/19

भारदह प्रहरी कार्यालय अगाडी बसमा आगजनी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १८ भदौं । 
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदहस्थित इलाका प्रहरी कार्यालय अगाडी रोकिराखेको एक बसमा आन्दोलनकारीहरुले आगजनी गरेका छन् । 
मधेसी मोर्चा सम्बद्ध प्रदर्शनकारीहरुले बिहीबारराति सो आगजनी गरेका हुन् । ना४ख ४२६६ नम्बरको यात्रुबाहक बस आगजनीबाट पूर्णरुपले नष्ट भएको छ । प्रहरी स्कर्टिङमा रहेको उक्त बस बिग्रेपछि प्रहरी कार्यालय अगाडी राखिएको थियो ।
यता फोरम नेपालका नेता शम्भु झाले प्रहरी निगरानीमा रहेको बसमा आफूहरुले आगजनी नगरेको दाबी गर्नुभएको छ । तर ईलाका प्रहरी कार्यालय भारदहका प्रमुख प्रहरी नायव निरीक्षक सुरेन्द्र खेरवारले प्रहरीको आखा छली प्रदर्शनकारीहरुले आगो लगाएको दाबी गर्नुभयो । 
यसैबीच, मधेसी मोर्चाको आब्हानमा शुक्रवार २१ औ दिनदेखि बन्द निरन्तर रहँदा यहाँको जनजीवन अस्तब्यस्त बनेको छ । बजार पसल, शैक्षिक संस्थान, कलकारखाना तथा सवारीसाधन समेत ठप्प रहँदा जनजीवन अस्तब्यस्त बनेको हो ।
जिल्ला सदरमुकाम राजबिराज, भारदह, हनुमाननगर, रुपनी, कल्याणपुर लागयतका बजारहरुमा बिहानैबाट प्रदर्शन सुरु भएको छ । प्रदर्शनकारीहरुले मोटरसाइकल चल्न समेत अवरोध गर्न थालेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट