News Category 2072/05/20

आज धोती जुलुस निकालिने

दैनिक समाचारदाता

राजविराज÷संघीय समाजवादी फोरम नेपालको आन्दोलन परिचालन समिति सप्तरीको युवा परिचालन उपसमितिको नेतृत्वमा आइतबार राजविराजमा धोती जुलुस निकालिने भएको छ । 
जारि आन्दोलनको प्रदर्शन गर्ने क्रममा सो धोति जुलुस निकालिने मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवले जानकारी दिनुभयो । 
यसअघि शुक्रबार फोरम नेपालले आन्दोलन परिचालन समिति अन्रतगत विभिन्न उपसमितिहरु गठन गरेको थियो । 
यसैगरिमधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिक मिलेर फोरम नेपालका अध्यक्ष सत्य नारायण यादवको अध्यक्षतामा १५ सदस्यीय संघिय लोकतान्त्रिक मोर्चा गठन गरिएको छ । 
यस्तै नेकपा (माओवादी) ले जारी आन्दोलनलाई अझ सशक्त बनाउनका लागि आन्दोलन परिचालन समिति गठन गरेको छ । 
यसअघि शुक्रबार आन्दोलनकै क्रममा राजविराजमा मधेशी महिलाहरुले झारु जुलुस प्रदर्शन गरेको थिए । यस्तै जारि आन्दोलनप्रति विभिन्न कर्मचारी संघ संगठनहरु, सप्तरी उद्योग बाणिज्य संघ, बौद्धिक एवं पेशागत समाज, निर्माण व्यवसायी संघ सप्तरी, शिक्षक महासंघ, मुस्लिम समाज सप्तरी लगायतले एक्यवद्धता समेत जनाएका छन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट