News Category 2072/05/21

मोर्चाद्वारा १५ जनालाई हिरासतमा राखेको घटनाको भत्र्सना

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २० भदौं । 
मधेशी मोर्चा सप्तरीले शनिबार राती शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीले मोर्चाका संयोजक दिनेश कुमार यादव लगायत १५ जनालाई हिरासतमा राखेको घटनाको भत्र्सना एवं निन्दा गरेको छ । 
मोर्चाका सूचना तथा संचार समिति संयोजक अमरनाथ मण्डलद्वारा आइतबार जारि विज्ञप्तिमा मोर्चाका संयोजक यादव, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, सद्भावनाका आन्दोलन परिचालन समिति संयोजक दिनेश यादव, जीवछ साह, लाल बहादुर महतो, श्रवण ठाकुर, दिपक साह, श्याम सुन्दर मण्डल, चन्दन साह, योगेन्द्र यादव, विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य शम्भु यादव, मुकेश यादव, विद्यार्थी फोरमका संजय यादव, राम सदा, भुपेन्द्र यादव तथा नेकपा माओवादीका सम्पत यादव लगायत १५ जनालाई शनिबाराती प्रहरी रुपनीमा पक्राउ गरि आइतबार बिहान रिहा गरेको उल्लेख छ । 
सो विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनलाई दबाउने नियत अविलम्ब सच्याउन माग गर्दै प्रहरीको दमनबाट थोरै पनि बिचलित नभएको तथा आन्दोलनका कार्यक्रमहरु अझ सशक्त रुपमा अगाडी बढाउने उल्लेख छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट