News Category 2072/05/22

मधेशी भन्दै शर्मा बसको झ्यालबाट बाहिर फ्यालिए

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २१ भदौं । 
सप्तरीको भारदहमा एक जना यात्रुलाई बसका कर्मचारीले झ्यालबाट फालिदिएका छन् । 
प्रहरीको स्कटिङ गर्दै काठमाडौंबाट पूर्व जाँदै गरेको ७००५ नम्बरको मुनाल यातायातबाट बसप्तरीको फकिरा गाविस निवासी २५ वर्षिय उमेश कुमार शर्मालाई झ्यालबाट फ्यालिएको भारदहका स्थानियहरुले बताएका छन् । 
तिमी मधेशी हो भन्दै उनलाई झ्यालबाट फ्यालिएका घाइते उमेशले बताएका छन् । बसबाट फ्यालिएका उमेशको भारदहस्थित स्थानिय शिव क्लिनिकमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि बिराटनगर लगिएको छ । 
यस्तै उक्त निन्दनिय एवं मानवता बिहीन कार्य प्रति गैरसरकारी संस्था नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीले भत्र्सना गर्दै दोषि बस कर्मचारीहरुलाई कानुनी दायरामा ल्याउन माग समेत गर्नुभयो । 
उहाँले यस प्रकारको कार्यले सामाजिक सद्भाव खलबलाउने सम्भावना बढेकोले यस्ता कार्य नगर्न सम्पूर्ण नेपाली जनतासमक्ष ध्यानाकर्षण गराउनु भएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट