News Category 2070/02/27

पिसिएफ शिक्षक र प्रहरीबिच झड्प, प्रहरी हबल्दार सहित चार घाईते

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २६ जेठ ।
आन्दोलनरत पिसिएफ शिक्षकहरुले जिल्ला शिक्षा कार्यालय सप्तरीमा तालाबन्दी गर्न खोज्दा प्रहरीसँग आइतबार झड्प भएको छ । झड्पमा एक प्रहरी सशस्त्र हबल्दारसहित चार जना घाइते भएका छन् ।
अन्य शिक्षक सरह सेवा सुबिधा पाउनुपर्ने, प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने लगायतका बिभिन्न माग सहित आन्दोलनरत पिसिएफ शिक्षकहरुले शिक्षा कार्यालयमा तालाबन्दी गर्न खोज्दा दुबै पक्षबीच झडप भएको हो । झडपको क्रममा एक सशस्त्र प्रहरी हबल्दार र तीन जना शिक्षक घाईते भएका छन् भने चार जनालाई शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाईते हुनेमा सशस्त्र प्रहरी हबल्दार बर्सिलाल उराउँ, पिसिएफ शिक्षकहरु श्याम कुमार यादव, पञ्चदेव यादव र गुञ्जेश्वर यादव रहेका छन् ।
घाईते चारै जनाको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
सो क्रममा प्रहरीले मसीलाल उच्च मावि कुशहाका प्राचार्य हंसलाल मेहता, जमावि रामपुर जमुवाका पिसिएफ शिक्षक शान्तिकुमारी चौधरी, मञ्जुला चौधरी र मावि मैनाकडेरीका पिसिएफ शिक्षक सुनिताकुमारी यादवलाई पक्राउ गरेको छ । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।
यता आफुहरुको शान्तिपुर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै पिसिएफ शिक्षकहरुले अहिले जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी गरेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट