News Category 2072/05/26

चार सभासद्को घरमा कालो झण्डा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २५ भदौं ।
मधेशी मोर्चासँग आवद्ध मधेशी महिलाका नेता तथा कार्यकर्ताहरुले शुक्रबार राजविराज ८ स्थित विभिन्न पार्टीका सभासदहरुको घरमा कालो झण्डा झुण्डयाएका छन् । 
राजविराज ८ स्थित नेकपा एमालेकी सभासद रंजु ठाकुर, एमाओवादीका सभासद उमेश यादव, नेपाली काग्रेसका सभासद सकलदेव सुतिहार र नेकपा संयुक्तकी सभासद मिथिला चौधरीको घरमा कालो झण्डा तथा ढुङ्गामुढा समेत गरेका हुन् । 
मधेशी महिला मोर्चाकी पुनम यादव, साधना झा, सुनिता साह, रमिला साह, उपमा देव लगायतकाहरुको समूहले सभासदहरुको घरमा कालो झण्डा झुण्डयाएका हुन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट