News Category 2072/05/28

काँग्रेस पार्टी कार्यालयमा आगजनी प्रहरीद्वारा अऋ ग्यास र हवाई फायर

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २७ भदौं ।
मधेशी मोर्चाका कार्यकर्ताहरुले आइतबार साँझ नेपाली काँग्रेस सप्तरीको पार्टी कार्यालयमा तोडफोड गर्दै आगजनी गरेका छन् । 
राजविराजस्थित अदालत रोडमा रहेको काँग्रेस पार्टी कार्यालयको मेन ढोका तोडी उनीहरुले भित्र रहेको कुर्सी टेबुललगायत अन्य फर्निचरहरु तथा कागजातहरु बाहिर निकालेर जलाउनुका साथै भित्र पनि आगजनी गरेका छन् । 
आगजनी पश्चात् मोर्चाका कार्यकर्ताहरुले नाराबाजी गर्दै ढुंगामुढा समेत गरेका छन् । आगजनी भइसकेपछि प्रहरी आएर तीन राउण्ड आऋ ग्यास र एक राउण्ड हवाई फायर समेत गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट