News Category 2072/05/28

मधेशी पत्रकार समाज र संघद्वारा एक्यबद्धता जुलुस

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २७ भदौं ।
मधेशमा जारी आन्दोलनप्रति एक्यवद्धता जनाउँदै सप्तरीका संचारकर्मीहरुले आईतबार राजविराजमा बिरोध जुलुस प्रदर्शन गरेको छ ।
राज्य आतंक बन्द गर, विगतका सहमति सम्झौता कार्यान्वयन गर, स्वायत्त मधेश प्रदेश सहितको आन्दोलनप्रति मधेशी पत्रकार संघ र मधेशी पत्रकार समाज सप्तरीले संयुक्त रुपमा एक्यवद्धता जनाउदै बिरोध जुलुस प्रदर्शन गरेको हो । 
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट दर्जनौ पत्रकारहरुको सहभागितामा निकालिएको बिरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो । 
सो बिरोध सभामा मधेशी पत्रकार संघका अध्यक्ष श्याम सुन्दर यादव, समाजका अध्यक्ष शैलेन्द्र सिंह, बरिष्ठ पत्रकारद्वय अनिल कुमार अनल, शिबहरी प्रसाद भटराई, नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रवण कुमार देव लगायतका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट