News Category 2072/05/28

सरकारले कदम नसच्याए मुलुक गृह युद्धमा ः फोरम उपाध्यक्ष रेणु यादव

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २७ भदौं ।
संघिय समाजवादी फोरम नेपालकी केन्द्रिय उपाध्यक्ष रेणु कुमारी यादवले सरकारले आप्mनो कदम नसच्याए मुलुक गृह युद्धमा फस्ने चेतावनी दिनुभएको छ । 
छिन्नमस्ता लालापटी आन्दोलन परिचालन समितिको आयोजनामा आईतबार सप्तरीको सखडामा आयोजित बिरोध सभालाई सम्बोधन गनुहुँदै उहाँले सो चेतावनी दिनुभएको हो । 
प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले मधेशको नुन खाएर जिविकोपार्जन गर्ने सैनिकले शासक वर्गको निर्देशनमा जसरी मधेशी आम नागरिकमाथि आन्दोलनमा गोली चलाउँदै छ त्यसले देशलाई गृह युद्धमा धकिल्ने कार्य गर्दै आएको आरोप लगाउनुभयो ।
त्यसैगरी सोही कार्यक्रममा समाजवादी विद्यार्थी संघका केन्द्रिय सदस्य विद्यानन्द चौधरीले तीन ठुला दलका नेताहरुले गैर जिम्मेवारी पुर्ण तरीकाले हचुवाको तालमा अघि बढिरहने हो भने मधेश माथि विभेदले मुलुकमा विद्रोह भई बिखण्डन हुने निश्चित रहेको बताउनुभयो ।
छिन्नमस्ता लालापटी आन्दोलन परिचालन समितिका सहसंयोजक वैजनाथ यादव वैजुको अध्यक्षतामा आयोजित सो बिरोध सभामा संघिय विद्यार्थी फोरम नेपालका केन्द्रिय अध्यक्ष अशोक यादव, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, नेकपा माओवादीका जय प्रकाश यादव, तमलोपाका कावा अध्यक्ष सुरेन्द्र नारायण मण्डल, संजय झा, सुजित चौधरी लगायतका बक्ताहरुले मधेशको अधिकार सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट