News Category 2072/05/29

अधिकारकर्मीको सक्रियता पक्राउ परेका पाँचै जना रिहा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २८ भदौ । 
रुपनीबाट पक्राउ परेका पाँच जना नेता तथा कार्यकर्ता सोमबार रिहा भएका छन । 
अधिकारकर्मीद्वय शम्भुनन्द चौधरी र जंग बहादुर सिंहको सक्रियतामा पक्राउ परेका पाँचै जना जिल्ला प्रहरी कार्यालय सप्तरीबाट रिहा भएका हुन । 
स्थानीय प्रशासनद्वारा लगाईएको दंगाग्रस्त क्षेत्रको अवज्ञा गरी प्रदर्शन गरेपछि प्रहरीले आईतबार साँझ रुपनीबाट स्दभावना पार्टीका केन्द्रिय सदस्य दिनेश यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका युवा लिंगका केन्द्रिय उपाध्यक्ष मुकेश कर्ण, सद्भावनाका जिल्ला सचिव हरेराम यादव, विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष शम्भु यादव र नेकपा (माओवादी)का भगवती यादवलाई पक्राउ गरेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट