News Category 2072/05/30

काँग्रेस सभासद् कर्णको घरमा पनि कालो झण्डा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २९ भदौं । 
संयुक्त मधेशी महिला मोर्चा सप्तरीले नेपाली काँग्रेसका सभासद रंजीत कर्णको राजविराज ४ स्थित घरमा मंगलबार साँझ कालो झण्डा गाडेका छन् ।
महिला मोर्चाका नेतृहरुको समुहले राजविराज ४ स्थित सभासद कर्णको घरमा कालो झण्डा गाडेका हुन् । 
मधेश विरोधी संविधान निर्माणको पक्षमा रहेका कारण सभासद कर्णको घरमा कालो झण्डा गाडिएको मधेशी महिला मोर्चाका संयोजक पुनम यादवले बताइन् ।
मोर्चाका संयोजक यादवको नेतृत्वमा साधना झा, रिता शर्मा यादव, उपमा देव, सुनिता साह, रमिला साह, उषा मण्डल, सावित्री पण्डित, मालती मण्डल, निर्मला कर्णसहितकाले कालो झण्डा गाडेकी थिइन् ।
यसअघि शुक्रबार र शनिबार राजविराज ८ स्थित नेकपा एमालेकी सभासद रंजु ठाकुर, एमाओवादीका सभासद उमेश यादव, नेपाली काग्रेसका सभासद सकलदेव सुतिहार, नेकपा संयुक्तकी सभासद मिथिला चौधरी र राजविराज ५ स्थित नेपाली काग्रेसका सभासद सुरेन्द्र प्रसाद यादवको घरमा कालो झण्डा गाडेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट