News Category 2072/05/30

सप्तरीको प्रहरी चौकी धमाधम खाली हुँदै

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २९ भदौं । 
जारी मधेश आन्दोलनले गर्दा सप्तरीका ग्रामिण भेगबाट प्रहरी चौकीहरु खालि हुन थालेको छ । 
विगत एक महिनादेखि मधेशमा जारी आन्दोलनको क्रममा अहिले जिल्लाको विभिन्न ग्रामिण भेगमा रहेका प्रहरी चौकीहरु धमाधम खालि हुन थालेका हो । 
यसैक्रममा सोमबार राति मात्र सप्तरीको डिमन गाविसस्थित प्रहरी चौकी, अस्थायी प्रहरी चौकी पकरी खालि भएको छ भने यसअघि गम्हरिया प्रवाहा प्रहरी चौकी समेत खाली भएको छ ।  
मधेशमा जारी आन्दोलनले गर्दा जिल्लाको शान्ति सुरक्षा असुरक्षित बनेपछि धमाधम अहिले ग्रामिण भेगबाट अस्थायी प्रहरी चौकीहरु खालि भईरहेको छ । 
समाजमा शान्ति सुरक्षा कायम गर्नको लागि जिल्लाको विभिन्न ग्रामिण भेगहरुमा अस्थायी प्रहरी चौकीहरु पुर्नस्थापन गरिएको थियो । 
यसैबिच सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नारायण प्रसाद चिमरियाले शान्ति सुरक्षालाई मजवुत बनाउन गस्ती टोली खटाउनका लागि हटाइएको गरेको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट