News Category 2072/05/31

मधेशी मोर्चा सप्तरीमा फोरम लोकतान्त्रिक पनि सहभागि

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३० भदौं । 
मधेशी मोर्चाले मोर्चा भन्दा बाहिर रहेका अन्य पार्टी, संघ, संगठनहरुलाई समेत मोर्चाको आन्दोलनमा एकजुट भई सहभागि भई दिनुहुन सबैमा अपिल गरेको छ । 
मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा जारी विज्ञप्तीमा सोे अपिल गर्दै विगतमा पटक पटक भएको मधेश आन्दोलन र त्यसमा भएका सहमति सम्झौतालाई लत्याउँदै सत्ता साझेदारी तीन दलका शिर्ष नेताहरुले आ–आप्mनो अनुकुल राज्यको पुर्नसंरचना र सिमाकंनको खाका तयार गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 
विज्ञप्तिमा राज्यले जायज माग सम्बोधन गर्नुको साटो दमन गर्ने कार्यलाई निरन्तरता दिएको जनाउँदै राजनैतिक समस्यालाई राजनैतिक तबरबाट समाधान गर्नुको सटा फौजी र दमनको माध्यमबाट दवाउन खोजिएको यस्तो दमनकारी क्रियाकलाप विरुद्ध सबै एकजुट भई आन्दोलनलाई अझ सशक्त र निर्णायक बनाउन अपरिहार्य ठान्दै बुधबारैदेखि मधेशी मोर्चा सप्तरीद्वारा जारी आन्दोलनमा मोर्चाको अवधारणा पत्रलाई अंगिकार गर्दै फोरम लोकतान्त्रिक पार्टी समेतको सहभागितामा आन्दोलनलाई अझ सशक्त बनाउने घोषणा गरिएको छ ।
सत्ता, सेना, प्रहरी र बहुमतको बलमा बन्न लागेको एकतर्फी संविधानको बिरोधमा समग्र मधेशी, थारु, मुस्लिम, दलित, आदिवासी, जनजाती सबै पक्ष आन्दोलित बनेको उल्लेख गर्दै आन्दोलनलाई दमन गर्न राज्यले चलाएको दमन र नरसंहारको श्रृखलामा हालसम्म दुई अबोध बालकसहित झण्डै चार दर्जन जनताको हत्या भईसकेको छ भने सयौंको संख्यामा अपाङ्ग भएको जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट