News Category 2072/06/01

तमरा पनि मधेशी मोर्चामा सहभागि

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३१ भदौं । 
मधेशी मोर्चाको आन्दोलनप्रति तराई मधेश राष्ट्रिय अभियानले एक्यवद्धता जनाउँदै जारी आन्दोलनमा सरिक भएको जनाएको छ । 
मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा बिहिबार जारी विज्ञप्तीमा मोर्चाले अघि सारेका मागहरु वेवस्ता गर्दै वर्तमान शासकवर्ग बहुमत र बन्दुकको बलमा मधेश विरोधी संविधान ल्याउन लागेको विरोधमा आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको छ । 
मधेश र मधेशीको हक अधिकार स्थापित गराउन तथा आन्दोलनलाई निर्णायक आन्दोलनमा पुयाउनका लागि विभिन्न कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ । 
आन्दोलनका कार्यक्रम अन्तर्गत असोज २ गते शनिबार सप्तरीको सदरमुकाम राजविराजमा मशाल जुलुस जुलुस प्रदर्शन, ३ गते आईतबार कालो दिनको रुपमा मनाउने जसअन्तर्गत यहाँका प्रत्येक सार्वजनिक स्थलमा कालो झण्डा गाड्ने, हातमा कालो पटी बाँधेर विरोध जनाउने, ४ गते सोमबार “चलु राजविराज भरु राजविराज मधेश विरोधी संविधानको करु अस्वीकार” भन्ने मुल नाराका साथ सदरमुकाम राजविराजमा बृहत जुलुस प्रदर्शनगरी मधेश विरोधी संविधान जलाउने कार्यक्रम रहेको मोर्चाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट