News Category 2072/06/01

दंगाग्रस्त क्षेत्र बेलुका ६ देखी बिहान ७ बजेसम्म

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३१ भदौं । 
आन्दोलन हिंसात्मक गएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले पूर्वमा कोशी ब्यारेजदेखी पश्चिममा बलान नदीसम्म दंगाग्रस्त क्षेत्र घोषणा बिहीबारदेखी स्थानिय प्रशासनले केही घण्टा फिर्ता लिएको छ । 
सप्तरीको कल्याणपुरमा बिहीबार संयुक्त जनआन्दोलन संघर्ष समितिले दंगाग्रस्त क्षेत्र तोड्नका लागि आयोजना गर्न लागेको बिरोध सभाकै समयमा दिनको १ बजे स्थानिय प्रशासनले बिहान ७ बजेदेखी बेलुका ६ बजेसम्म दंगाग्रस्त क्षेत्र हटाएको जानकारी दिएको थियो ।
स्थानिय प्रशासनले बेलुका ६ बजेदेखी बिहान ७ बजेसम्म सो क्षेत्रलाई मात्र दंगाग्रस्त क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकार बिरेन्द्र कुमार यादवले जानकारी दिनुभयो । 
पुर्वमा कोशी ब्यारेजदेखि पश्चिममा बलान नदीको पुलसम्मको पुर्व पश्चिम लोकमार्ग, कदमाहादेखि पन्ध्र कठठे सडक खण्ड र उक्त सडक खण्डको दायाँ ५ सय मिटर र बायाँ ५ सय मिटरसम्मको सम्पुर्ण क्षेत्रलाई स्थानीय प्रशासन दंगाग्रस्त क्षेत्र घोषणा गरेको जनाएको छ ।
तोकिएको क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन गर्न अथवा पोष्टर वा पर्चा जस्ता सामग्री टाँस्न वा लेख्न, सडक अवरुद्ध गर्न तथा तोकिएको दंगाग्रस्त क्षेत्रमा ५ वा सो भन्दा बढी ब्यक्तिहरु जम्मा हुन निषेध गरिएको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट