News Category 2072/06/03

पत्रकारहरुले आज मौन जुुलुस निकाल्ने

दैनिक समाचारदाता

राजविराज÷मधेशी पत्रकार संघ सप्तरीको संयोजनमा शनिबार राजविराजमा सम्पन्न बृहत छलफलले जारी हुन लागेको संविधान, मधेश आन्दोलन र मधेशी पत्रकारहरुको भूमिका लगायतका विषयहरुमा सञ्चारसम्वद्ध संगठनका अध्यक्ष तथा प्रतिनिधीहरु, दैनिक पत्रिकाका सम्पादक÷प्रकाशक, एफएमका स्टेशन म्यानेजर, वरिष्ठ पत्रकारहरु समेतको सहभागितामा बृहत छलफल गरेको छ । 
संघका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा सम्पन्न बृहत छलफलबाट जारी हुन लागेको ‘संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितता गर’ भन्ने नारा लेखिएको कालो ब्यानरका साथ असोज ३ गते विहान ८ बजे राजविराज स्थित शिव मन्दिर प्राङ्गणबाट मौन जुलुस प्रदर्शन गर्ने तथा हातमा कालो पट्टी बाँधेर काम गर्ने निर्णय गरेको छ ।  
यस्तै दैनिक तथा साप्ताहिक पत्रिकाहरुमा असोज ३ र ४ गते सम्पादकीय स्तम्भमा कालो पोतेर प्रकाशन गर्ने, स्थानीय एफएमहरुले असोज ३ र ४ गते साँझ ७ बजेदेखि ७.१५ बजेसम्म १५ मिनेट शोक धुन बजाउने । साथै शोकधुन बजाउनु अघि ‘स्वायत मधेश प्रदेशसहितको आन्दोलनमा सहादत प्राप्त गरेका शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’ भनेर शोकधुन  बजाउने निर्णय गरेको छ ।  
यस्तै गत भदौ २३ गते प्रहरीको गोली लागि शहादत प्राप्त गरेका राजविराज टुडे दैनिकका व्यवस्थापक समेत रहेका पत्रकार धर्मपाल राउतका आदरणीय दाजु रामकृष्ण राउतसहित मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोक प्रस्ताव समेत सर्वसम्मत पारित गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट