News Category 2072/06/04

सप्तरी अढार्ई घण्टा अन्धकार

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३ असोज । 
नयाँ संविधान मधेश र मधेशी बिरोधी भन्दै आइतबार साँझ संविधान जारि भए लगत्तै सप्तरी जिल्ला भरि संविधानको बिरोधमा बत्ति निभाएर ब्लाक आउट गरिएको छ । 
मधेशी मोर्चाको आह्वानमा गरिएको सो ब्लाक आउट साँझ ६ बजेदखी साढे ८ बजेसम्म गरिएको थियो । राजविराजको सम्पूर्ण घर, पसल लगायत सार्वजनिक स्थलहरुका बत्ति निभाइएको थियो । 
सो क्रममा राजविराज साढे दुई घण्टासम्म पूर्ण रुपले अन्धकार भएको थियो । यसैगरि राजविराजस्थित सम्पूर्ण सरकारी कार्यालय, जिल्ला प्रहरी कार्यालय समेतमा बत्ति बलेको थिएन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट