News Category 2072/06/04

पूर्ण प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारद्वारा मौन जुलुस

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३ असोज । 
पूर्ण प्रेस स्वतन्त्रता संवैधानिक सुनिश्चितता गर्न माग गर्दै आइतबार बिहान सप्तरी सदरमुकाम राजविराजमा जिल्लाका पत्रकारहरुले मौन जुलुस निकालेका छन् । 
मधेशी पत्रकार संघ, मधेशी पत्रकार समाज, राष्ट्रिय मिडिया पत्रकार संजाल, मैथिलि पत्रकार परिषद्, नेपाल प्रेस युनियन, आदिवासी जनजाती पत्रकार महासंघको संयुक्त आयोजनामा स्थानिय शिव मन्दिरको प्राङ्गनबाट निकालिएको सो जुलुस नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । 
संविधानमा पूर्ण प्रेस स्वतन्त्रतता कायम हुनुपर्ने भन्दै यहाँका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुले हातमा कालो पट्टी बाँधेर मौन जुलुसमा सहभागि भएका छन् । 
नगर परिक्रमा पश्चात् मौन जुलुस स्थानिय जनआन्दोलन चौकमा पुगेर सम्पन्न भएको थियो । जुलुसमा सप्तरीका वरिष्ठ पत्रकारद्वय अनिल कुमार अनल, शिवहरि प्रसाद भट्टराई, विष्णुकुमार मण्डल, बैधनाथ झा, जितेन्द्र खड्गा लगायत पाँच दर्जन भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट