News Category 2072/06/06

अबको लडाई अन्तिम, राजमार्ग केन्द्रित गरेर काठमाडौं ठप्प पार्ने रणनीति ः महतो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ५ असोज ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जारि आन्दोलनलाई एउटा निष्कर्षमा पु¥याएर मधेश थरुहट प्रदेश लिएरै छाड्ने दाबी गर्नुभएको छ । 
सप्तरी सदरमुकाम राजविराजमा मंगलबार बस्ने भनेको मोर्चाको निर्णायक बैठकमा सहभागि हुन आउनु भएका अध्यक्ष महतोले आन्दोलनलाई अन्तिम स्वरुप दिएर आरपारको लडाई लड्ने चेतावनी दिनुभयो । 
संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अब काठमाडौं नाकाबन्दी गरि ठप्प पार्न राजमार्ग केन्द्रित आन्दोलनका लागि तयारी गर्ने जानकारी दिदै आन्दोलनमा रहेका जयप्रकाश गुप्ता, मातृका यादव, अनिल झा, राजकिशोर यादव, शरदसिंह भण्डारी, बिजय गच्छेदारलगायतलाई मोर्चामा एकबद्ध गरि आन्दोलनलाई अबको निर्णायक बिन्दुमा पु¥याउने जानकारी दिनुभयो । 
एक सय ४ डिग्री ज्वरो लागेको महतोले आफूले बलिदानी समेत दिएर आन्दोलन निर्णायक बिन्दुमा पु¥याउने दृढता व्यक्त गर्नुभयो । उहाँले संविधानमा गुमेका अधिकार उल्टाएर, पल्टाएर संशोधन गरेर भएपनि अधिकार लिएरै छाड्ने दाबी गर्दै निर्वाचन क्षेत्र र नागरिकतालगायत सम्बन्धि सम्पूर्ण अधिकार लिएरै छाड्ने दाबी गर्नुभयो । मधेशमा रहेको सम्पूर्ण सरकारी कार्यालयलाई बन्द गरि ठप्प पार्ने समेत महतोले चेतावनी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट