News Category 2072/06/06

कुटिएका प्रहरी जवान सम्पर्क बिहीन “जय मधेश” भनेको भन्दै सहकर्मीबाटै कुटिएका थिए जवान यादव

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ५ असोज ।
इलाका प्रहरी कार्यालय भारदहमा कार्यरत एक प्रहरी जवान सम्पर्क बिहीन छन् । संविधान आएको खुशियालीमा दिपावली मनाउन नमानेपछि उनलाई अन्य प्रहरीहरुले कुटपिट तथा मानसिक यातना दिनथालेपछि रामचन्द्र यादव प्रहरी चौकी छोडेर सम्पर्क बिहीन छन् । 
ईलाका प्रहरी कार्यालय भारदहमा कार्यरत प्रहरी जवान रामचन्द्र यादवलाई विगत दुई दिनदेखि नेपालको संविधान २०७२ जारी भए लगत्तै अन्य प्रहरीहरुले दिवापली मनाउन दवाव दिदै कुटपिट समेत गरी मानसिक यातना दिएपछि उनी डियुटी छाडेर सम्पर्क बिहीन भएका हुन् । 
स्थानियका अनुसार ड्यटीमा भएको बेला सोमबार भारदह बजारमा केही व्यक्तिहरुले जय मधेश भनेर नारा लगाएपछि प्रहरी जवान यादवले पनि जय मधेशको नारा लगाएका थिए, तर ड्युटीमा रहेको अन्य प्रहरीले जय मधेश किन भनिस् भन्दै त्यही कुटपिट गरेपछि स्थानीयहरुले उनलाई जोगाएका थिए । भारदह प्रहरीका इन्चार्ज सुरेन्द्र खेरवार समेतले प्रहरी जवान यादवलाई समात्ने खोज्ने क्रममा स्थानियले ढुंगामुढा गरेपछि सई खेरवार कार्यालय फर्केका थिए । 
सोमबारदेखी नै प्रहरी जवान यादवको खोततलास जारि राखे पनि मंगलबार साझ सम्म उनी सम्पर्क बिहीन नै छन् । यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी शिशिर कुमार कर्माचार्यले यादव ड्यूटीको समयमा अत्यधिक रक्सी पिएको र उनलाई मेडिकल गराउन लग्ने क्रममा भागेको बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट