News Category 2072/06/08

नेसपाद्वारा बेल्ही भन्सार ठप्प

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ७ असोज । 
नेपाल सद्भावना पार्टीले विगत तिन दिनदेखि सप्तरीका विभिन्न भारतीय नाकाहरु ठप्प पार्दै आएका छन ।
सोही क्रममा बिहिबार सप्तरीको तिलाठी गाविसस्थित बेल्ही भन्सार कार्यालय नाका ठप्प पारेका छन् ।
सो नाकाबन्दीमा नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य जय प्रकाश सिंह, सुरेश कुमार सिंह, पार्टीका जिल्ला अध्यक्ष सुबि यादव, बालबोध झा, अमरनाथ मण्डल, कैलु राम सहितकाहरुको उपस्थितिमा नाकाबन्दी गरिएको थियो । 
विगत ४१ दिनदेखि मधेशमा जारी आन्दोलनको क्रममा नेपाल सदभावना पार्टीले आन्दोलनको स्वरुपलाई परिर्वतन गरी अहिले भारतीय नाकाहरु ठप्प पार्दै आएका छन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट