News Category 2072/06/11

कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरीमा तोडफोड

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० असोज । 
दुई दिन अघि प्रहरी प्रशासनलाई रकम निकासा गरेको भन्दै मधेशी मोर्चाका कार्यकर्ताहरुले कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरीमा आइतबार बिहान तोडफोड गरेका छन् । 
राजविराजको जनआन्दोलन चौकस्थित रहेको सो कार्यालयका प्रमुख महेन्द्र राणा र लेखा अधिकृतको कार्य कक्षमा मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् । 
कार्यालय प्रमुख राणाको कार्यकक्षमा रहेको कम्प्युटर, टेबल, कुर्सी तोडफोड गरिएको छ भने आवश्यक कागजातहरु च्यातिएका छन् । यस्तै लेखा अधिकृतको कार्यकक्षमा रहेको दराज तोडफोड गरि आवश्यक कागजपत्र च्यातिएको छ । 
यता मधेशी मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवले दुई दिन अघि कार्यालय प्रमुख राणा र लेखा अधिकृतले रातीको समयमा प्रहरीलाई निकासाको दिई जिल्ला बाहिर गएको आरोप लगाउँदै सो तोडफोड गरिएको जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट