News Category 2070/04/24

एमाले जिल्ला अधिवेशनमा पराजित भएकाहरुको भेला आज हु“दै

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २३ साउन । 
नेकपा एमाले सप्तरीको ८ औं जिल्ला अधिवेशनमा पराजित भएका पदाधिकारीहरुको आज जिल्ला विकास समति सप्तरीको सभाकक्षमा समानान्तर भेला हुने भएको छ । 
मदन भण्डारी फाउण्डेशन आयोजक रहेको भनिएको सो भेलामा एमाले केन्द्रिय सदस्य गुरु बरालले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको एमालेका एक नेताले जानकारी दिएका छन् । 
दुई दशकदेखी जिल्लामा केही नेताले आफ्नो वर्चश्व कायम राखेकोमा यस पटकको अधिवेशनमा आफ्ना पक्षधरहरु पराजित भएपछि नेता तथा कार्यकर्ताको मनोबल बढाउन तथा केन्द्रिय कार्य समितिलाई समेत आफ्नो पक्षधरको वर्चश्व रहेको देखाउन उक्त भेलाको आयोजना गरिएको ती नेताले जानकारी दिएका छन् । 
गत जेठ १० गते सम्पन्न जिल्ला अधिवेशनमा गोबिन्द न्यौपाने प्यानलका अधिकांश उम्मेदबार बिजयी भएका थिए । सो अधिवेशनमा अध्यक्ष पदका उम्मेदबार देवनारायण चौधरीसहित सो प्यानलका अधिकांश उम्मेदबारहरुले हार खान परेको थियो । अधिवेशन भएको १८ दिनपछि जेठ २८ गते निर्वाचन सम्पन्न भएको र जेठ ३० गते मतगणनाको परिणाम प्रकाशित गरिएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट