News Category 2072/06/12

बनौनियामा सशस्त्र र आन्दोलनकारीबीच झडप

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ११ असोज । 
सप्तरीको बनैनिया नाकाबाट सशस्त्र प्रहरीले दैनिक सामाग्रिहरु ल्याउन खोज्दा सोमबार त्यहाँ प्रदर्शनकारी तथा सशस्त्र प्रहरीबिच झडप भएको प्रदर्शनकारीहरुले जनाएका छन् । 
भारतको अन्धरामन्ंठ नाकाबाट सशस्त्र प्रहरीले दैनिक उपभोग्य सामग्रीहरु खरिद गरी सशस्त्र प्रहरी सीमा सुरक्षा बोर्डर चेक आउट पोष्ट बनैनियामा जम्मा गरी सो समान राजविराज ल्याउन खोज्दा प्रदर्शनकारीले ढुंगामुढा गरेको हो ।
सशस्त्र प्रहरीले सो खाद्यान्न सामग्रीहरु ल्याउन खोज्दा स्थानीयवासी तथा प्रदर्शनकारीहरुले भारतीय नाका ठप्प रहेको अवस्थामा उक्त समान ल्याउन नदिदा सो ढुंगामुढा गरिएको हो ।  
यता सप्तरीका प्रमुख जिल्ला अधिकार बिरेन्द्र कुमार यादवले अहिले त्यहा थपसुरक्षा बल पठाइएको तर त्यस क्षेत्रमा सशस्त्र प्रहरी सीमा निरिक्षणका लागि गएको बेला आन्दोलनकारीहरुले सामान्य बिरोध गरेको जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट