News Category 2072/06/13

भारतीय नाका मोर्चाले ठप्प पारेको छ ः तमलोपा केन्द्रिय सदस्य ठाकुर

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १२ असोज । 
तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य जय प्रकाश ठाकुरले भारतीय सीमामा भारतले नाकाबन्दी नगरी मधेशी मोर्चाले गरेको दाबी गर्नुभएको छ । 
संयुक्त आन्दोलन परिचालन समिति तिलाठी भन्सारको आयोजनामा मंगलबार तिलाठी गाविसस्थित बेल्ही भन्सारमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै ठाकुरले सो दाबी गर्नु भएको हो ।
प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले नेपाली मिडिया तथा अधिकारकर्मीहरु समेत मधेशको पक्षमा नबोलिरहेको आरोप लगाउँदै मधेशमा जारी आन्दोलनलाई बदनाम गर्न षडयन्त्र गर्दै आएको बताउनुभयो । 
उहाँले मधेशको पक्षको बोल्नेलाई सरकार अहिले बिखण्डनकारीको झुठो आरोप लगाएर मधेशमा जारी आन्दोलनमाथि षडयन्त्र गर्दै आएको आरोप समेत लगाउनुभयो । 
संयुक्त आन्दोलन परिचालन समिति तिलाठी भन्सारका संयोजक अन्जनी कुमार दासको अध्यक्षतामा आयोजित सो बिरोध सभामा सदभावना पार्टीका केन्द्रिय सदस्यद्वय दिपेन्द्र चौधरी, दिनेश कुमार यादव, शिक्षक मंचका केन्द्रिय सदस्य रामचन्द्र यादव सहितका बक्ताहरुले मधेशको अधिकार सुनिश्चितता नभएसम्म भारतीय नाका ठप्प रहने उदघोष गर्नुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट